युवालाई राजनीतिक दलहरूको प्रचारको साधन होइन, आलोचनात्मक चेत र परिवर्तनको संवाहक बनाइनुपर्छ । सामाजिक सञ्जालमा अन्ध समर्थनभन्दा विवेकपूर्ण विश्लेषण, सहमत–असहमत बहस र विचार निर्माणको संस्कृति स्थापनाका लागि काम गर्ने संरचनाको विकास नै आजको गन्तव्य हो ।
आधारभूत मानव मर्यादाको विषयमा विभेद, वञ्चना र असमता रहन्छ भने अन्य विषयमा न्याय र समान अधिकारको कुरा कति सम्भव होला ?
स्वास्थ्यमार्फत समाज सेवा र अभियन्ताका रूपमा सामान्य जीवन व्यतीत गरिरहेका केसीलाई माफिया भनिएको छ । यसो किन भयो ?