निर्वाचन प्रक्रियाको मुख्य हितग्राही नै नागरिक हुने भएकाले निर्वाचनको तीनवटै अवधि क्रमशः निर्वाचनपूर्व, निर्वाचन अवधिभर र निर्वाचनपश्चात्मा नागरिकको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु पनि उत्तिकै जरुरी हुन्छ ।
सिद्धान्ततः कर्मचारीतन्त्र सरकार र जनताबीचको कार्यात्मक सेतु हो । कर्मचारीतन्त्रले सरकारको प्रत्याभूति जनतामा पुर्याउँछ । सरकारको अनुहार, शैली, व्यवहार आफ्नो कार्यसम्पादन तथा सेवा प्रवाहमार्फत कर्मचारीले प्रस्तुत गरिरहेका हुन्छन् । त्यसैले असल कर्मचारीतन्त्र बेगर सुशासनको प्रत्याभूति गराउन सकिँदैन ।
जेन–जी विद्रोहको जड लोकतन्त्रको असफलता हो । लोकतन्त्रको असफलताको कारक तत्त्व विद्यमान राजनीतिक शक्तिहरूमा देखिएका वैचारिक स्खलन, कमजोर आन्तरिक लोकतन्त्रको अभ्यास तथा नेतृत्व तहमा युवाहरूको प्रवेशलाई अघोषित रूपमा निषेध गर्नु हो भन्दा अत्युक्ति हुँदैन ।