हामी हुर्कियौं । जिम्मेवारीहरू थपिए । पढाइ सकियो, जागिर सुरु भयो, व्यवसाय सुरु भए, परिवारका जिम्मेवारी आए । पहिले विश्वकपको खेल हेर्न रातभर जागा बस्न सकिन्थ्यो, आज एउटा रातको निद्रा बिग्रिँदा अर्को दिनको काम प्रभावित हुन सक्छ ।
आजको युवा पुस्ताले सामाजिक सञ्जाललाई केवल समय बिताउने माध्यमका रूपमा होइन, अवसरको प्लेटफर्मका रूपमा बुझेको छ। फेसबुकमा एउटा पेज खोल्ने, इन्स्टाग्राममा आकर्षक फोटो राख्ने, टिकटकमा छोटो भिडियो बनाउने- यी साधारणजस्ता लाग्ने काम धेरैका लागि आज जीविकोपार्जनको मुख्य आधार बनिरहेका छन्।
इन्फ्लुएन्सर भन्नु केवल नाम होइन जिम्मेवारी हो ।आजको डिजिटल दुनियाँमा भ्युज, लाइक र कमेन्टलाई नै सफलता मानिन्छ। तर नाच्ने भिडियो, ट्रेन्डिङ रिल वा फेस देखाएर भ्युज कमाउनु मात्र इन्फ्लुएन्सर हुनु होइन ।