कास्कीको पोखरा महानगरपालिकासहित पाँचवटै स्थानीय तहमा शुक्रबार बिहान ७ बजेदेखि नै मतदान सुरु भयो । सम्पूर्ण स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
मध्यपहाडी राजमार्ग (पुष्पलाल लोकमार्ग) अन्तर्गत पोखराको हेम्जा सडक खण्ड फराकिलो र भर्खरै रंगरोगनले सुन्दर देखिएको छ । सडकको तस्बिर र भिडियो केही दिनअघि सामाजिक सञ्जालमा ‘भाइरल’बन्यो । यो ६ लेनको फराकिलो सडकमा साइकल लेन भने छैन । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको याम्दीदेखि घट्टेखोलासम्म १२ किलोमिटर सडक ६ लेनको बनाइएको छ ।
हिउँदमा विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गर्ने १० कीर्तिमानी पर्वतारोहीको टोलीलाई सोमबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ ।पोखराका पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा यहाँका नागरिकले टोलीको भव्य स्वागत गरे ।