होलीमा रंगियो पोखरा [तस्बिरहरू]

फाल्गुन २९, २०८१

तस्बिर : दीपक परियार

Pokhara painted on Holi [Photos]

पोखरा — होलीको अवसरमा पोखरामा पर्यटक रमाएका छन् । विशेषगरी लेकसाइड क्षेत्रमा विदेशी पर्यटकको बाक्लो उपस्थितिमा होली पर्व मनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटक होली मनाउन बिहीबार लेकसाइड पुगे ।

Pokhara painted on Holi [Photos]

फेवाताल किनार कोमागाने पार्कमा प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा भएको ‘होलिल्यान्ड’ मा हजारौंको उपस्थिति थियो । ‘होलिल्यान्ड’को दोस्रो संस्करणमा डिजे डेनी, डिजे अनिश, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति रहेको थियो । कार्यक्रममा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्ल्यास, खानाको स्टल र सांगीतिक प्रस्तुति आकर्षणको रुपमा रहेको थियो । होलीको मज्जा दिन पानीको ट्यांकरबाट रंग भरिएको पानीको फोहरा फालिएको थियो ।

Pokhara painted on Holi [Photos]

रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) पोखराले लेकसाइड क्षेत्रमा होली उत्सव गरेको छ । लेकसाइडमा लाइभ ब्यान्डको प्रस्तुतिमा पर्यटक रमाए । रेबान पोखराले हरेक वर्ष होली उत्सव आयोजना गर्दै आएको छ ।

Pokhara painted on Holi [Photos]
Pokhara painted on Holi [Photos]
Pokhara painted on Holi [Photos]
Pokhara painted on Holi [Photos]
Pokhara painted on Holi [Photos]
Pokhara painted on Holi [Photos]
Pokhara painted on Holi [Photos]

तस्बिर

Link copied successfully