गोर्खा भर्तीको साक्षी बने बेलायती राजकुमार दम्पती [तस्बिरहरू]

गोर्खा सैनिकको शपथ समारोहमा पहिलोपल्ट राजपरिवारका सदस्य उपस्थित, राजकुमार एडवार्डले गरे बेलायत-नेपाल मित्रताको चर्चा

माघ २५, २०८१

तस्बिर : दीपक परियार

British Prince Couple Witness Gurkha Recruitment [Photos]

पोखरा — नेपाल भ्रमणका क्रममा पोखरा आएका बेलायती राजकुमार एडवार्ड र राजकुमारी सोफी शुक्रबार नयाँ भर्ती भएका गोर्खा सैनिकको शपथ समारोहमा सहभागी भएका छन् । अन्तिम छनोटमा परेर बेलायती सेनामा सामेल हुन चुनिएका प्रशिक्षार्थी राइफलम्यानहरूको शपथ समारोहमा उनीहरूले प्रमाणीकरण परेडको पनि अवलोकन गरे ।

British Prince Couple Witness Gurkha Recruitment [Photos]

शपथग्रहण समारोहलाई सम्बोधन गर्दै राजकुमार एडवार्डले गोर्खा सैनिकले जोडेको बेलायत–नेपाल मित्रता गहिरो रहेको चर्चा गरे । ‘अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजारभन्दा बढीमध्ये केवल २ सय ७४ नयाँ गोर्खामध्ये एक हुनुहुन्छ,’ उनले भने, ‘यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीहरूमध्ये एक रहेको छ । तपाईं आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।’

British Prince Couple Witness Gurkha Recruitment [Photos]

शपथ र परेडपश्चात राजकुमार दम्पतीले नयाँ भर्ती भएका सैनिकसँग सामूहिक तस्बिर खिचे । उनीहरुले शपथ समारोहमा उपस्थित नयाँ भर्ना भएका सैनिक र उनीहरुका परिवारका सदस्यसँग भेटघाट र कुराकानी गरेका थिए ।

British Prince Couple Witness Gurkha Recruitment [Photos]

गत मंसिरबाट सुरु भएको भर्ना प्रक्रियामा देशभरबाट १३ हजारभन्दा बढी युवा सहभागी भएका थिए । तीमध्ये ५ सयभन्दा बढी अन्तिम छनोट प्रक्रियामा सहभागी थिए । तीमध्ये २ सय ७४ जना चुनिएका हुन् । उनीहरू अब बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्र (आईटीसी) पुग्नेछन्, जहाँ उनीहरूले नौ महिना लामो प्रशिक्षणमा सहभागी हुनपर्ने छ ।

British Prince Couple Witness Gurkha Recruitment [Photos]

समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेन, गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्यान्ड डिएसओ एमबीइ, गोर्खा ब्रिगेडका डेपुटी कर्नल कमान्डेन्ट मेजर जनरल द लर्ड ल्यान्कास्टर टिडी पीसी, ब्रिटिस गोर्खा नेपाल (बीजीएन) का कमान्डर कर्नल ड्यान रेक्स एमभिओ र बीजीएनका डेपुटी कमान्डर लेफ्टिनेन्ट कर्नल राजेशकुमार गुरुङ पनि उपस्थित थिए । परेडमा गोर्खा र ब्रिटिस कर्मचारीलाई ३८ वटा राज्याभिषेक पदक र दुई वटा दीर्घ सेवा तथा असल आचरण पदक पनि प्रदान गरिएको थियो ।

British Prince Couple Witness Gurkha Recruitment [Photos]

शपथ समारोहपश्चात शुक्रबार नै राजकुमार दम्पती कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्लेबाट डेढ घण्टा पदयात्रा गरी माझगाउँ पुगेर बास बसेका छन् । उनीहरू शनिबार बिहान लान्द्रुक हुँदै पर्यटकीय गाउँ घान्द्रुक पुगेर राति बास बस्ने कार्यक्रम छ । आइतबार घान्द्रुकबाट पोखरा हुँदै काठमाडौं फर्किने तालिका रहेको छ ।

British Prince Couple Witness Gurkha Recruitment [Photos]
British Prince Couple Witness Gurkha Recruitment [Photos]
British Prince Couple Witness Gurkha Recruitment [Photos]
British Prince Couple Witness Gurkha Recruitment [Photos]
British Prince Couple Witness Gurkha Recruitment [Photos]

तस्बिर : दीपक परियार

Link copied successfully