For the first time, a member of the royal family attended the swearing-in ceremony of the Gurkha soldiers, Prince Edward discussed the UK-Nepal friendship.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
British Prince Edward and Princess Sophie, who came to Pokhara during their visit to Nepal, participated in the swearing-in ceremony of newly recruited Gurkha soldiers on Friday. They also observed the certification parade at the swearing in ceremony of the trainee riflemen who were selected to join the British Army in the final selection.
शपथग्रहण समारोहलाई सम्बोधन गर्दै राजकुमार एडवार्डले गोर्खा सैनिकले जोडेको बेलायत–नेपाल मित्रता गहिरो रहेको चर्चा गरे । ‘अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजारभन्दा बढीमध्ये केवल २ सय ७४ नयाँ गोर्खामध्ये एक हुनुहुन्छ,’ उनले भने, ‘यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीहरूमध्ये एक रहेको छ । तपाईं आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।’
शपथ र परेडपश्चात राजकुमार दम्पतीले नयाँ भर्ती भएका सैनिकसँग सामूहिक तस्बिर खिचे । उनीहरुले शपथ समारोहमा उपस्थित नयाँ भर्ना भएका सैनिक र उनीहरुका परिवारका सदस्यसँग भेटघाट र कुराकानी गरेका थिए ।
गत मंसिरबाट सुरु भएको भर्ना प्रक्रियामा देशभरबाट १३ हजारभन्दा बढी युवा सहभागी भएका थिए । तीमध्ये ५ सयभन्दा बढी अन्तिम छनोट प्रक्रियामा सहभागी थिए । तीमध्ये २ सय ७४ जना चुनिएका हुन् । उनीहरू अब बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्र (आईटीसी) पुग्नेछन्, जहाँ उनीहरूले नौ महिना लामो प्रशिक्षणमा सहभागी हुनपर्ने छ ।
समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेन, गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्यान्ड डिएसओ एमबीइ, गोर्खा ब्रिगेडका डेपुटी कर्नल कमान्डेन्ट मेजर जनरल द लर्ड ल्यान्कास्टर टिडी पीसी, ब्रिटिस गोर्खा नेपाल (बीजीएन) का कमान्डर कर्नल ड्यान रेक्स एमभिओ र बीजीएनका डेपुटी कमान्डर लेफ्टिनेन्ट कर्नल राजेशकुमार गुरुङ पनि उपस्थित थिए । परेडमा गोर्खा र ब्रिटिस कर्मचारीलाई ३८ वटा राज्याभिषेक पदक र दुई वटा दीर्घ सेवा तथा असल आचरण पदक पनि प्रदान गरिएको थियो ।
शपथ समारोहपश्चात शुक्रबार नै राजकुमार दम्पती कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्लेबाट डेढ घण्टा पदयात्रा गरी माझगाउँ पुगेर बास बसेका छन् । उनीहरू शनिबार बिहान लान्द्रुक हुँदै पर्यटकीय गाउँ घान्द्रुक पुगेर राति बास बस्ने कार्यक्रम छ । आइतबार घान्द्रुकबाट पोखरा हुँदै काठमाडौं फर्किने तालिका रहेको छ ।
![British Prince Couple Witness Gurkha Recruitment [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/gurkha-rajkumar-3-0722025023329-1000x0.jpg&w=1001&h=0)
![British Prince Couple Witness Gurkha Recruitment [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/gurkha-rajkumar-11-0722025023527-1000x0.jpg&w=1001&h=0)
![British Prince Couple Witness Gurkha Recruitment [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/gurkha-rajkumar-12-0722025023541-1000x0.jpg&w=1001&h=0)
![British Prince Couple Witness Gurkha Recruitment [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/gurkha-rajkumar-13-0722025023555-1000x0.jpg&w=1001&h=0)
![British Prince Couple Witness Gurkha Recruitment [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/gurkha-rajkumar-9-0722025023458-1000x0.jpg&w=1001&h=0)
![British Prince Couple Witness Gurkha Recruitment [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/gurkha-rajkumar-8-0722025023443-1000x0.jpg&w=1001&h=0)