ड्रिम इलाभेनले विश्वभरका फुटबल प्रेमीहरूले रुचाएका खेलाडीको प्रतिनिधित्त्व गर्ने गर्छ । ड्रिम इलाभेन वा 'बेस्ट इलाभेन' फिफाद्वारा सञ्चालित एउटा यस्तो मञ्च हो, जहाँ फ्यानहरूले प्रत्येक चरणको खेल प्रदर्शनका आधारमा उत्कृष्ट ११ खेलाडी चयन गर्छन् ।
ब्यालोन डी’ओरका लागि विश्वका १ सय देशका खेल पत्रकारको भोट, खेलाडीको व्यक्तिगत प्रदर्शन र टोलीको सफलता मुख्य आधार हुन् । सन् १९९५ यता सातवटा विश्वकप वर्षमध्ये चार पटक मात्र विश्वकप विजेता खेलाडीले यो अवार्ड जितेका छन् ।
नेदरल्यान्ड्स फिफा वरीयताको आठौँ स्थानमा छ । अनि १८औँ स्थानमा छ जापान । एउटा युरोपको पावरहाउस । अर्को एसियाको बादशाह ।
युरोपेली सफलता, युवा स्टार लमिन यमाल र आक्रामक फुटबलका कारण स्पेनले यसपटक विश्वकपमा नयाँ इतिहास रच्ने आशा गरिएको छ।
सन् २०२२ को कतार विश्वकपमा छनोट हुन नसकेको पीडालाई शक्तिमा बदल्दै कोलम्बिया फेरि एक पटक विश्वमञ्चमा आफ्नो जादु देखाउन तयार छ ।
सर्वकालीन महान् फुटबलरहरू पेले, म्याराडोना, जिदान र मेस्सीबीच एउटा रोचक समानता छ । त्यो हो - यी चारै जनाले जर्सी नम्बर १० पहिरिएर विश्वकप ट्रफी उचालेका छन् ।