जेन–जी आन्दोलनले राजनीतिक नेतृत्वलाई युवाहरूको जनभावना बुझ्न बाध्य बनाएको छ, अब यो आन्दोलनको ऊर्जा र चेतनालाई सकारात्मक आर्थिक सुधारमा बदल्नुपर्नेछ।
वर्तमान संसद्को निर्वाचनपछि त विरलै संसद्मा जनताका आवाज आए होलान्, यदाकदा आए पनि बीचमै हराए । मिटरब्याज, सहकारी ठगी, शिक्षकका माग, मलखाद, बाटोघाटो, भ्रष्टाचार, मानव बेचबिखन, भिजिट भिसा आदिइत्यादि मात्रै चर्चामा छन् ।
पहिलो र दोस्रो ठूलो पार्टी मिलेर सरकार बनाउन हामी बाध्य भयौं । जहाँ प्रतिपक्षीको भूमिका गौण हुन पुग्यो । अब यस्तो सरकार पनि असफल भइरहँदा जनतामा के भनेर जाने ?