बौद्ध कूटनीतिले नेपाललाई केवल द्विपक्षीय सम्बन्धसम्म सीमित नराखी बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा पनि अर्थपूर्ण भूमिका निर्वाह गर्ने अवसर प्रदान गरेको छ ।
विवेक, संयम एवं सन्तुलनमा आधारित जीवनशैलीको आधार नै बुद्ध शिक्षा हुन् । असार पूर्णिमाका दिन बौद्ध अनुयायी संसारभर आफ्ना जीवनमा बुद्धका यिनै विचार र शिक्षालाई सन्देशका रूपमा व्यवहारमा उतार्ने संकल्प गर्दै छन्
आजसम्म संसारमा कति बुद्ध आए भन्ने विषयमा अनुमान लगाउन कठिन छ, तथापि पालि साहित्य बुद्धवंशमा २८ जना मानुषी बुद्धहरूको वर्णन पाइन्छ । यी सम्पूर्ण बुद्धहरूबाट देशित शिक्षाहरू (धर्म) एकै प्रकारका हुन्छन् किनकि यी उपदेशहरू हरेक बुद्धका व्यक्तिगत विचार नभएर लुप्त भएका सर्वकालिक सनातन नियमहरूको उजागर मात्र हुन् ।