विशेषगरी किरात समुदायले रैथाने प्राचीन सभ्यताकै आधारमा आफ्नो प्रदेशको नामकरण गर्दा नै वास्तविक पहिचानको सम्बोधन हुने ठानेर आवाज उठाइरहेको परिवेशबीच नै राज्यशक्तिले ‘कोशी प्रदेश’ नामकरण गरेपछि त्यसविरुद्ध पूर्वी नेपाल एक किसिमले आन्दोलित छ । आन्दोलनको मागलाई राज्यले कसरी सम्बोधन गर्ला ? त्यो भविष्यका घटनाक्रमहरूले देखाउने नै छन् ।
चिन्तन–परम्परामा दरिलो वैश्विक हलचल ल्याउने पुस्तक ‘द ओरिजिन अफ स्पिसिज’ (सन् १८५९) प्रकाशनको करिब एक वर्षपछि अक्सफोर्ड युनिभर्सिटीमा आयोजित एक सम्मेलनमा चार्ल्स डार्विन प्रतिपादित उद्विकास सिद्धान्तमाथि केही विद्वान्ले कडा आलोचनासहित भर्त्सना गरे । डार्विनीय सिद्धान्तको खरो बचाउ गर्नेमध्ये एक थिए– जोसेफ डाल्टन हुकर ।
१० वर्षे ‘जनयुद्ध’ टुङ्ग्याएर माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि प्रचण्डले लेखक खगेन्द्र संग्रौलालाई एक भेटमा भनेछन्, ‘तपाईंले अनुवाद गरेका किताब पढेर माओवादको अभ्यास गरियो । तपाईंप्रति नेपाली क्रान्तिको इतिहास कृतज्ञ छ ।’
बीपी कोइराला प्रधानमन्त्री छँदा एक पटक योजना आयोग अफिसमा गएछन् । हार्वर्ड र क्याम्ब्रिज विश्वविद्यालयका उत्पादनसमेत सम्मिलित योजनाविद्हरू बसिरहेको कोठाको भित्तामा राजाको तस्बिर टाँगिएको देखेपछि कोइरालाले भनेछन्, ‘यहाँ राजाको तस्बिर टाँगिएको छ, त्यो एकदम ठीक कुरा भएको छ । तर, त्यहाँ एउटा गाउँको झुपडीको अर्को तस्बिर पनि राख्नुपर्छ ।’ कारणसहित थपेछन्, ‘तपाईंहरूले विकासको योजना बनाउँदा जहिले पनि त्यस झुपडीमा बस्ने किसानलाई सम्झनुहोस् र तपाईंहरूले यहाँ बसेर बनाएको योजनाले राजालाई होइन, त्यस किसानलाई के फाइदा दिन सक्छ भनेर आफैँसित प्रश्न गर्नुहोस् ।’
भूगर्भविद् टोनी हागनले गरेको नेपाल–अध्ययनबारे नेपाली विद्वत्वर्ग धेरथोर जानकारै छ । सन् १९५० मा स्वीस सरकारको प्राविधिक टोलीमा रहेर ६ महिनाका लागि प्रथम पटक यस भूमिमा छिरेका हागनले कालान्तरमा नेपाललाई आफ्नो दोस्रो घरका रूपमा आत्मसात गर्दै काम गरिरहे । नेपाल–अध्ययनमा लागिपरेर यथेष्ट योगदान गर्ने थोरै विदेशी खोजकर्ताको अग्रलहरमा टोनी हागन परे पनि संवैधानिक राजतन्त्रको पक्षपातीको बिल्ला लगाइदिएर उनको गहिरो विद्वताको चर्चासमेत नगर्ने आत्मघाती भूल गर्नेहरूको कमी छैन । नेपालीभाषी पाठकबीच चर्चित हागन ‘नेपालमा मेरो खोजयात्रा’ पछि फेरि एकपटक नवीकरण भएका छन् । ‘बिल्डिङ ब्रिजेज टु थर्ड वर्ल्ड : मेमोरिज अफ नेपाल’ प्रकाशित हुँदा नै हागनले चाँडै नेपाली अनुवाद आउने आशा व्यक्त गरे पनि २८ वर्षपछि मात्रै यो पुस्तक नेपाली पाठकको हात परेको छ, जसमा क्वाँटी स्वादको तिख्खरपन छ ।
पछिल्लो समय नेपालमा अरुन्धती रोयका प्रशंसकहरू झन्–झन् बढेको दृश्यलाई सुखदै मान्न सकिन्छ । तर, विस्मित विपर्यास यस्तो छ– अरुन्धतीलाई नानावली अलंकारसहित बखान गर्ने कतिपय नेपाली ‘विद्वान्’ नै जात–व्यवस्थाको सन्दर्भमा परोक्ष गल्ली हुँदै दक्षिणपन्थी गजुर छुन पुगिहाल्छन् ।