सावित्री गौतम

सावित्री गौतमका लेखहरु :

एक 'विखण्डनकारी महिला'को आँखामा दसैँ

दसैँ नामक चाडको बारेमा सुनिने परम्परागत परिभाषाहरु उनै हुन् । पुनर्मिलनको चाड, सरद ऋतुको सुन्दरतासँगै थपिएको उमङ्गलाई दोब्बर बनाउने चाड आदि । दसैँको बारेमा सानी हुँदा, अझै बिहे हुनुअघिसम्म मलाई पनि यस्तै लाग्थ्यो । त्यतिन्जेल पनि मेरो दसैँ फुक्काफाल त हुँदैनथ्यो ।

मर्यादित महिनावारीका तगारा

पोहोरको महिनावारी स्वच्छता दिवस (२८ मे) मा मैले एक ठाउँमा ‘भाषण’ दिएकी थिएँ, ‘नेपालको कानुनले छाउपडीलाई अपराधमा सूचीकृत गरेको छ । तर तपाईं–हामी आफ्ना घरमा वृद्ध बाउआमा छन्, उनीहरूले विश्वास गर्छन्, के गर्ने भन्ने बहानामा छोरी–बुहारीलाई महिनावारी बार्न लगाउँछौं । अर्थात्, सहरिया छाउपडी पालन गर्छौं । कुनै वृद्धले बलात्कार गरे भने बूढा मान्छे भनेर छोड्दिने कि नछोड्दिने ?

आत्मरक्षाका तालिम र अप्रत्यक्ष लैंगिक हिंसा

यतिखेर पोखराका स्कुलहरूमा कुनै संस्थाले पालैपालो आत्मरक्षाको दुईदिने तालिम दिँदैछ । उक्त तालिम ‘छात्राहरूका लागिमात्रै अनिवार्य हो’ भनेर स्कुलहरूले भनेका छन् । त्यतिमात्र होइन, ‘यो तिमीहरूकै सशक्तीकरणका लागि हो र ज्वरो नै आए पनि तालिममा सहभागी हुन स्कुल आउनैपर्छ’ भनेर शिक्षकहरूले छात्राहरूमाथि मौखिक दबाब पनि दिइरहेका छन् ।

‘सहरिया लड्की’ हरू

‘सहरमा क्रान्तिकारी गफ गरेर गाउँका महिलाको स्थितिमा परिवर्तन आउँदैन ।’ एक जना पूर्वमन्त्रीले हाल सालै राजीनामा दिनु एक–दुई दिनअघि मात्रै कुनै सार्वजनिक कार्यक्रममा यसो भनेका थिए । मन्त्रीको भनाइसँगै मिल्दोजुल्दो, ‘तारे होटेलमा गोष्ठी गरेर गाउँका महिलाको जीवनमा परिवर्तन हुँदैन’ भन्ने कटाक्ष ‘सहरका महिला’ ले वर्षौँदेखि सुनिरहेको कटाक्ष हो ।

पुरुषले नहडपे महिलाले खोस्नैपर्दैन

सार्वजनिक कार्यक्रम र निजी भेटघाटहरूमा सबैभन्दा बढी दोहोर्‍याइएको एउटा वाक्य सुन्दै म हुर्किएँ, ‘अधिकार मागेर होइन, खोसेर लिनुपर्छ ।’ आजसम्म पनि अधिकारबारे बहस हुने सार्वजनिक कार्यक्रममा सबैभन्दा दोहोर्‍याएर यही कुरा सुनिरहेकी हुन्छु ।