जलवायु परिवर्तनकै कारण पहिरो, बाढी, हिमताल फुट्ने जोखिम र भूमि क्षय बढ्दा नेपालका धेरै समुदाय क्रमश: परम्परागत बासस्थान छोड्न बाध्य छन्, दलहरुले अब यस्तो बसाइँसराइलाई नीतिगत यथार्थका रुपमा स्वीकार गर्नुपर्छ।
बदलिँदो वर्षा तथा बाढी/पहिरोको चरित्रहरूलाई सूक्ष्म विश्लेषण नगर्ने हो भने आगामी दिनमा काठमाडौं उपत्यकाको बाढी जोखिम प्रत्येक कोणबाट उच्च हुँदै जाने र अकल्पनीय क्षति निम्तिने देखिन्छ
पहिचान गरिएका ४७ सम्भावित खतरनाक हिमतालमध्ये ४२ वटा त कोशी बेसिनमै छन् । हिमतालको संख्या र क्षेत्रफल तथा फुट्ने जोखिम हरेक वर्ष बढेको छ । सूचीकरणमा नपरेका हिमताल पनि जोखिमयुक्त हुन सक्छन् । त्यसकारण हिमतालका कारण हुने जोखिम हाम्रो आकलनभन्दा धेरै रहेको प्रस्टै छ ।