नेपाली समाजमा पुरुषले यदि कुनै काममा उच्च सफलता हासिल गरेमा त्यसको श्रेय उसको मिहिनेत र विभागीय टिमलाई दिने गरिन्छ । तर त्यही स्तरको सफलता महिलाले हासिल गरेमा त्यसको श्रेय सर्वप्रथम उसको परिवार अनि उसको विभागीय टिमलाई दिइन्छ ।
बालबालिकाको हेरचाहका लागि अभिभावक तथा समाजको भूमिका महत्त्वपूर्ण हुन्छ । एउटा परिवारका लागि बालबालिका हुर्काउनु निकै महत्त्वपूर्ण कार्य हो । सामाजिक र पारिवारिक प्रणाली तथा संस्कारको प्रभाव बालबालिकाको कलिलो मस्तिष्कमा गढेर बसेको हुन्छ ।
समाजका विभिन्न क्षेत्रमा विभिन्न परिवर्तन भइरहेका हुन्छन् । तीमध्ये कति सकारात्मक हुन्छन् भने केही नकारात्मक । प्राकृतिक वा स्वाभाविक रूपमा भएको परिवर्तनलाई विकास मान्न सकिन्छ । सामान्यतया समाज परिवर्तन वा निर्माणमा व्यक्ति तथा परिवारको भूमिका महत्त्वपूर्ण हुन्छ ।