बेरोजगारी समस्या समाधान गर्नु केवल आर्थिक एजेन्डा होइन, लोकतान्त्रिक भविष्य सुधार्ने ऐतिहाासिक जिम्मेवारी हो । विगतदेखि नै नेपालमा श्रम तथा रोजगारीको विषयले प्राथमिकता पाएको थिएन र सम्भवतः आगामी दिनमा पनि प्राथमिकतामा नपर्ने जोखिम कायमै छ ।
विप्रेषणले नेपालको अर्थतन्त्रलाई योगदान गरे पनि सदाका लागि नेपाल छाडेका वा वैदेशिक रोजगारीमा रहेका करिब ४० लाख नेपालीले सरकारको कार्य राम्रो नभएको भनेर सामाजिक सञ्जालमा तिक्तता पोख्ने गरेका थिए।
लगानीमैत्री र विस्तारकारी अर्थतन्त्रको निर्माण गर्न निर्ममतापूर्वक अनुत्पादित खर्च कटौती गर्न ढिला गर्नु हुँदैन । हामीले गफभन्दा पनि अर्थतन्त्रको विकास तथा समग्र नेपालीलाई बेरोजगारीबाट मुक्त गर्नु जरुरी छ ।