‘युरोप दिवस’ ले पुनःस्मरण गराउँछ– शान्तिलाई कहिल्यै हलुका रूपमा लिनु हुँदैन । यस दिवसमा हामी ‘प्रतिकूल परिस्थितिमा पनि सहकार्य सम्भव छ’ भन्ने विचारको उत्सव मनाउँछौँ । नेपालसँग मिलेर चुनौतीलाई साझा समाधानमा रूपान्तरण गर्दै छौं ।
जलवायु परिवर्तनले निम्त्याएको अस्तित्वको खतराका अतिरिक्त भूराजनीतिक विकासहरूले विश्वलाई थप अनिश्चित र विभाजित बनाउँदै छ, त्यसैले चुनौतीहरूको समाधान पहिल्याउन सँगै काम गर्ने कुरा महत्त्वपूर्ण छ