मिलेभा– कथा१९ औं शताब्दीको उत्तरार्द्धमा विज्ञानसम्बन्धी कैयौं युरोपेली संस्थानमा महिलाले स्थान पाउँदैनथे । महिलालाई कतिपय युनिभर्सिटीमा पढ्न दिने, तर ग्राजुयसन नदिनेसम्मको अवस्था थियो । भौतिकशास्त्र पढिरहका आइन्स्टाइनको ब्याचमा एक मात्रै महिला थिइन्– मिलेभा । सर्वियामा जन्मेकी बीस वर्षे मिलेभा भौतिकशास्त्र पढ्न स्विस युनिभर्सिटी पुगेकी थिइन्, कालान्तरमा तीन वर्ष सानो उमेरका अल्बर्ट आइन्स्टाइनसँग उनको विवाह भयो । गणितमा अब्बल मिलेभाको भौतिकशास्त्रमा निकै रुचि थियो ।