खानाविद् पुष्पेश पन्तका अनुसार आजभन्दा १ सय ५० वर्ष पहिलेको भारतमा बिर्यानीको अस्तित्व नै थिएन । र, बिर्यानीले ‘स्ट्रिट फुड’ को पहिचान बनाएको भने करिब ८० वर्ष मात्र भयो । त्यसकारण पन्त बिर्यानी अरू केही नभएर भारतीय भान्सामा सदियौँदेखि खाइँदै आएको पुलाउको बजारीकरण हो भन्छन् ।
सन् १५९० को जापानी आक्रमणसँगै युरोपबाट जापान पुगेको खुर्सानी अन्ततः कोरिया पुग्यो भन्ने पुरानो मान्यता थियो । तर, जापानी आक्रमणअघि नै कोरियाली भान्सा खुर्सानीले भरिपूर्ण थियो भन्ने नयाँ तथ्य खुलेको छ ।