टोरन्टो स्टेडियममा फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा शुक्रबार राति क्यानडाले बोस्निया–हर्जेगोभिनालाई स्वागत गर्दैछ ।
मैदानभित्र खेलाडीहरू बल दौडाउन तयार भएका बेला बाहिर भने राजनीतिक संघर्ष र कूटनीतिक दाउपेच चर्किएको छ ।
राजनीतिक तनावबीच इरानी फुटबल टोलीले अन्तिम तयारी गर्दै विश्वकपमा सहभागितामार्फत शान्ति र सहकार्यको सन्देश दिन खोजेको छ ।