आन्तरिक होस् या अन्तर्राष्ट्रिय श्रम बजार– श्रमिकको पहुँच खुला छोडिनुपर्छ । खुला श्रम बजारले नै प्रतिस्पर्धात्मक आधारमा श्रमिकलाई सीप र क्षमताअनुसार काम छनोटको स्वतन्त्रता प्रदान गर्छ । र, श्रम बजारले सक्षम–सीपयुक्त जनशक्ति खोज्छ ।
वैदेशिक रोजगारीमा पाइलैपिच्छे बिचौलियाको हालीमुहालीले श्रम आप्रवासन झन् कठिन बनेको छ । यसले श्रमिकमा आप्रवासनको लागत पनि बढाएको छ ।