रास्वापले आफूलाई ‘देश विकास गर्ने पार्टी’ भन्दै आएको छ । तर, त्यो ‘देश विकास’ के हो ? देशको विकास कसका लागि गर्ने ? अनि विगतझैं विकासको लाभ सबैभन्दा पहिले कसले पाउने ?
छुट्टी सकिएपछि स्कुलमा कोही साथी नयाँ कपडा लगाएर आउँथे, कोही नयाँ चप्पलमा । तर सबैसाग नयाँ कपडा किन्ने र लगाउने अवस्था थिएन । एक पटक मैले खेतमा धानको सिला बटुलेर डेढ सय हात पारें । त्यसले किनेको नयाँ सर्ट लगाएर स्कुल जाँदा अप्ठेरो लागेको थियो ।