बदलिँदो मौसमको असर अब केवल प्रकृतिमा सीमित छैन– यसले मानिसको दैनिकी, श्रम, स्वास्थ्य, जीविकोपार्जन, बसोबास र भविष्यका चिन्तासम्मै प्रभाव पार्न थालेको छ । यी घटना अब छुट्टाछुट्टै प्राकृतिक संयोग मात्रै होइनन्, तिनलाई जोड्ने साझा कारण हो– जलवायु परिवर्तन ।
हामी प्रदूषणसँगै बाँच्न सिक्दै छौं ? कि त्यसको स्रोतमै नियन्त्रण गरेर समाधान खोज्दै छौं ? कि कागजमा सीमित नीतिमै सन्तुष्ट छौं ?
सफाइ अभियानले बाहिर देखिने फोहोर हटाउन मद्दत त गर्छन्, तर संकलित फोहोरमा बारम्बार एउटै ‘ब्रान्ड’का खोलहरू देखिनुले गम्भीर प्रश्न उठाएको छ– के प्लास्टिक प्रदूषण केवल उपभोक्ताको समस्या हो ? कि यसमा उत्पादक पनि उत्तिकै जिम्मेवार हुनुपर्छ ?