उमेर बढ्दै जाँदा जिम्मेवारीले थिच्दो रहेछ । अनि पहिलाजस्तो रंगीन तिहार रंगविहीन बन्दै जाँदो रहेछ । पहिला त धेरै सोच्नै हुन्न थियो । तिहारको रमाइलोमा स्कुलको होमवर्क पनि बिर्सन्थ्यौं हामी ।
छिमेकको बलिउड हेरेर हुर्केका हामी, अलिकति फाइट, इमोसनल मिक्स, इन्टरटेन्टमेन्टका लागि जे–जे तत्व चाहिन्छ, त्यो मिसाएर बनेका फिल्म मात्रै कमर्सियल हो भनेर सोच्छौं, मलाई भने फिल्म सरल भएर सबैले बुझ्ने भइदिए हुन्छ भन्ने लाग्छ