स्वास्थ्य क्षेत्रलाई दलहरुले कसरी लिएका छन्? उनीहरुको प्राथमिकतामा स्वास्थ्य कसरी र कस्तो ढंगमा अगाडि बढ्ने छ भन्ने विषय बाहिर आउन आवश्यक छ । दलहरुले सार्वनजिक गर्ने घोषणापत्रलाई यसपटक स्वास्थ्य क्षेत्रकाले मात्र नभइ आम सर्वसाधरण र नयाँ पुस्ताले नजिकबाट नियाल्ने छन् ।
संसद्मा सांसदहरूले मेरो गाउँमा डाक्टर पुगे कि पुगेनन्, सिटामोल पुग्यो कि पुगेन भन्ने मात्र होइन, राष्ट्रिय स्वास्थ्य प्रणाली कस्तो बनाउने भन्नेमा पनि बहस गर्नुपर्छ । स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिनुपर्छ । स्वास्थ्य प्राविधिक होइन, राजनीतिक एजेन्डा भन्ने बुझ्नुपर्छ ।
न्यून तलब स्केल, लामो ड्युटी समय, थोरै तलबमा धेरै बिरामी हेर्नुपर्ने बाध्यता, कामको उचित मूल्यांकन नहुनु लगायतका समस्याका कारण नेपाली डाक्टरहरू विदेश पलायन भइरहेका छन् ।