साइनीको दृष्टि नेपाली बजारमा मात्रै सीमित छैन, पाँच वर्षपछि कति कारोबार हुन्छ, कति नाफा हुन्छ वा कम्पनी कति ठूलो हुन्छ भन्नेभन्दा एउटा लक्ष्यले उनलाई बढी उत्साहित बनाउँछ, उनी चाहन्छिन्— पाँच वर्षपछि आफ्नो कम्पनी ‘ट्रिनिटी एग्रो’ बाट कम्तीमा पाँच प्रकारका च्याउ विदेश निर्यात भइरहेका होऊन्, नेपालमा उत्पादित कृषि वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेको होस्
व्यवसायमा लागेपछि पनि धेरै वर्षसम्म सुदीपलाई विदेश जाने सोच नआएको होइन, तर अहिले त्यो चाहना हराइसकेको छ, उनी यहीँको माटोमा भिजेका छन्, जसले संकटमा सम्भावना देख्छन् ।