मुलुकको आधाभन्दा ठूलो जनसंख्या कुनै न कुनै प्रकारको सामाजिक बहिष्करण खेप्न बाध्य छ । यस्तो बेला गणतन्त्रको शक्तिशाली सरकारले सम्हालिएर कदम चाल्नु उपयुक्त हुन्छ ।
आज कुनै न कुनै डिजिटल प्लाटफर्ममा मानिसका व्यक्तिगत र गोप्य विवरणहरू उपलब्ध छन् । र, डिजिटल स्पेसमा भेटिने जो पनि जुनसुकै बेला डिजिटल हिंसाको सिकार बन्न सक्ने जोखिममा छन् । त्यसमाथि महिला र किशोरीहरूका लागि भौतिक समाजभन्दा पनि धेरै असुरक्षित बनेको छ डिजिटल स्पेस ।
जेन–जीले जसरी ‘डिस्कर्ड’ मा आफ्नो नेतृत्व खोजीको बहस चलाए, त्यसैगरी विभेदमुक्त समाज निर्माणको बहस किन नगर्ने ? सामाजिक न्यायसहितको डिजिटल समाज निर्माण किन नगर्ने ? यो दलित वा दलित महिलाको अधिकार र आत्मसम्मानको सवाल मात्रै होइन, यो त सिंगो नेपाली समाजको समुन्नति र विकासको आधार हो ।