सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यो घटनाले स्कुल र कलेजहरूले अनुशासनका नाममा विद्यार्थीहरूमाथि जे गरिरहेका छन्, के त्यो ठीक छ भन्ने प्रश्न उठाइदिएको छ । अनि अनुशासन कायम गराउन कलेज र स्कुलमा डर देखाउने, सजाय दिने वा मानसिक रुपमा दबाबमा राख्ने जे-जस्ता अभ्यास गरिरहेका छन् त्यसमाथि पनि समीक्षा गर्नुपर्ने अवस्था आएकाे देखाएकाे छ ।