राजनीतिक सहमति जुटाउन दल, निर्वाचन आयोग र अन्तरिम सरकारले अन्तरजिल्ला र बाह्य निर्वाचनकेन्द्रित भएर बैठक बस्नै पर्छ । छलफल भएपछि निकास निस्किन्छ । जबसम्म सरकारको नेतृत्वले यसलाई कार्यान्वयनमा लैजान दृढ पहल गर्दैन, आयोगले पनि प्राथमिकतामा राख्दैन ।
तर अब हामीलाई एकल नायक होइन, सामूहिक चेतना चाहिएको छ । जसले आफ्नै ठाउँबाट सानो तर इमानदार प्रयास गर्छ, त्यही नै नयाँ राजनीतिक संस्कारको बीउ हो ।