नेपालको द्वन्द्वका मूल कारण जटिल र बहुआयामिक थिए । विभिन्न पहिचान समूहबीच राजनीतिक, सामाजिक–आर्थिक र सांस्कृतिक अवसरको असमानता, प्रभावकारी शासनको अभाव र सामाजिक न्यायको कमीले तनाव बढायो ।
नेपालका ‘थिंक ट्यांक’ हरूको क्षमता विकास गरी यसै प्रयोजनका लागि त्यहाँ एउटा पूर्णकालीन समूह स्थापना गरी उसको क्षमता विकास र यो कामका लागि परराष्ट्र मन्त्रालय र ‘थिंक ट्यांक’ का बीच सुदृढ सहकार्य र मन्त्रालयको मार्ग दर्शन र कूटनीतिक सहजीकरण आवश्यक छ ।