नागरिकको अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो तर त्यही स्वतन्त्रताको प्रयोगको अवस्थामा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने, व्यक्तिगत सम्पत्तिमा हानिनोक्सानी पुर्याउनेलगायतका क्रियाकलाप शोभनीय हुँदैनन् । आन्दोलनको निसानामा प्रायः सधैं सरकारी सम्पत्ति पर्ने गर्छ ।
बन्द कोठामा दुई/चार जनाको बुद्धिविलासमा विद्यमान निजामती सेवा ऐनकै दफामा कोरकार र थपथाप गरी तयार प्रस्तावित विधेयकले कर्मचारीतन्त्रमा कुनै सुधार हुने सम्भावना देखिँदैन