तथ्यांकले विश्वविद्यालय तहमा महिलाको उत्साहजनक उपस्थिति शैक्षिक र अनुसन्धान क्षेत्रमा आएपछि किन हुँदैन भन्ने गम्भीर प्रश्न खडा गर्छ । बीचको चरणमा महिलाहरू कता छुटे ? यो खोज र चिन्ताको विषय हो ।
शैक्षिक तहको उपल्लो निकायमा महिलाको उपस्थिति अत्यन्तै निराशाजनक छ । त्यहाँ गम्भीर लैंगिक असमानता छ । विश्वविद्यालय र कलेजहरू लैंगिक विभाजनको तथ्यांक प्रकाशित गर्दैनन् ।