अ‌ंगद ढकाल

अ‌ंगद ढकालका लेखहरु :

डाेजरले डाँडा काेतरेपछि... [तस्बिरहरू]

चाँगुनारायण नगरपालिकाको बिडोलमा इँटा भट्टाहरुले खनेर माटो निकालेपछि ढिस्कोमा रुख मात्रै बाँकी देखिन थालेका छन् । भक्तपुर जिल्लाभरी करिब ६० वटाभन्दा इँटा भट्टा सञ्चालनमा रहेका छन् । त्यसमध्ये ५० वटा भन्दा बढी चाँगुनारायण नगरपालिकामा र बाँकी सूर्यविनायक नगरपालिकामा रहेका छन् । यी तस्बिर बिडोल गाउँको हो जहाँ १४ वटाभन्दा बढी इँटा भट्टा सञ्चालनमा छन् । भट्टा सञ्चालनको लागि प्रयोग हुने माटो वरीपरीको डाँडो काटेर निकालिएको छ भने रुख भएको स्थान मात्र छोडिएको छ । जसले गर्दा गाउँ नै कुरुप देखिएको छ ।

नेपाल चौथो पटक साग फुटबलमा च्याम्पियन बनेपछि‍‍‍ रंगशालामा देखिएका दृश्यहरु

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत मंगलबार भएको पुरुष फुटबलमा भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ । याे जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ । साग च्याम्पियन बनेपछि‍‍‍ दशरथ रंगशालामा देखिएका दृश्यहरु यस्ता छन् । हेर्नुहोस् तस्बिरहरु :