निर्वाचन आयोगका अनुसार शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मै सीमित भए ।
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनको 'इपिसेन्टर' बनेको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) ठूलो मतान्तरसहित विजयी भएका छन् । काठमाडौं महानगरपालिकाका पूर्व-नगरप्रमुख शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा थिए । शाह रास्वपाका वरिष्ठ नेता हुन् । ओलीलाई उनले ४९ हजार ६१४ मतले पराजित गरेका हुन् । निर्वाचन आयोगका अनुसार शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मै सीमित भए ।
