२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

पार्वता चौधरी

पार्वता चौधरीका लेखहरु :

मातृभाषा शिक्षामा लिपि बाधक

बागलुङको निसी खोला गाउँपालिका–६ र ७ मा खाम मगरको बसोबास बाक्लो छ । त्यहाँका बासिन्दाले घर–व्यवहारमा मातृभाषा मगर खाम भाषा नै बोल्ने गर्छन् । तर, स्थानीय बालबालिकाले मातृभाषामा शिक्षा लिन पाइरहेका छैनन् । संविधानले मातृभाषामा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था गरेसँगै स्थानीय तहले सम्बन्धित पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्ने गृहकार्य त सुरु गरेको छ, तर लिपि बाधक बनिरहेको छ ।

राज्यबाट कहिलेसम्म पिल्सिने थारूहरू ?

थारूहरूलाई नेपालको भूमिपुत्रका रूपमा व्याख्या गरिन्छ । नेपालको कुल जनसंख्यामा समुदायगत हिसाबले हेर्दा थारूहरूको संख्या चौथो नम्बरमा पर्छ । तैपनि जुनसुकै क्षेत्रमा पनि यस समुदायका व्यक्तिहरूको सहभागिता अति नै न्यून छ । राजनीतिक दलहरूमा पनि थारू समुदायको अत्यन्त न्यून सहभागिता छ । उनीहरूलाई भोट बैंकका रूपमा मात्र लिइएको पाइन्छ ।

असुरक्षित गर्भपतनको नियन्त्रण

नेपाल सरकारले गर्भपतनलाई कानुनी मान्यता दिए पनि कुल मातृ मृत्युमध्ये ७ प्रतिशत असुरक्षित गर्भपतन गराएको कारण हुने गर्छ । नेपालमा प्रतिवर्ष ३ लाख २३ हजार महिलाले गर्भपतन गराउँछन्, जसमध्ये ५८ प्रतिशत असुरक्षित तवरले हुन्छ । गर्भपतनका कारण मातृ मृत्यु हुनुको कारण अशिक्षा र सूचना अभाव हो । ४१ प्रतिशत प्रजनन उमेरका महिलाहरूलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारे जानकारी रहेको परिवार कल्याण महाशाखाको तथ्यांक छ ।