२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वीणा झा

वीणा झाका लेखहरु :

मधेशको शिक्षा कसको जवाफदेही ?

मधेशको एक विद्यालयका प्रधानाध्यापकसँग केही साताअघि अनौपचारिक छलफल हुँदा ‘मधेशको शिक्षा कसको जवाफदेही ?’ भन्ने सवाल उठ्यो । मैले त्यसको जवाफ खोज्न थालें । त्यस क्रममा थप प्रश्न उब्जिए— शिक्षा खोक्रो भएर कुनै देश समृद्ध बनेको इतिहास छ ?

समाज नचिनाउने शिक्षा

विद्यालय शिक्षा राम्रो बनाउन सरोकारवालाले जति नै चासो लिए पनि ठोस प्रगति भएको छैन । विद्यालय तहमा राम्रो शिक्षा केलाई भन्ने भनेर विश्वव्यापी रूपमा स्विकारिएको एकल परिभाषा भेटिन्न । यो सामाजिक पृष्ठभूमि, सांस्कृतिक व्यवहार र उत्पादन प्रणालीसँग जोडिन्छ अर्थात् विद्यालय शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित गर्न मिल्दैन, सामाजिक पृष्ठभूमि, परम्परागत ज्ञान र आधुनिक विज्ञानको सन्तुलित सम्मिश्रण रहेको हुनुपर्छ ।

बुद्धिजीवी को हुन् ?

प्रायः विभिन्न सामाजिक अवस्थाको निर्माण र तिनले पार्ने प्रभावहरूबारे गरिने विश्लेषण र छलफलहरूमा, आशा र अपेक्षाका साथ प्रयोग गरिने ‘बुद्धिजीवी’ शब्दको खपत बढ्दो छ । जबजब समाज सकसमा हुन्छ, त्यति बेला बुद्धिजीवीहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह नगरेको आरोप पनि लगाउने गरिन्छ । तर ‘बुद्धिजीवी’ भनेका को हुन् त ? विश्वका विभिन्न उत्कृष्ट विश्वविद्यालयबाट प्रमाणपत्र हासिल गरेका र प्राप्त ज्ञानलाई आफू र आफ्नाका अनुकूलता अनुसार प्रयोग गर्ने जमात ?