मंगलबार पृथ्वी र मंगल ग्रह आमने सामाने भएका छन् । यस्तो अवस्थामा मंगल ग्रह धेरै नै चम्किलो देखिन्छ । अब सन् २०२२ को डिसेम्बर ८ मा मात्रै यी ग्रहहरु आमने सामने हुनेछन् ।
कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउन गरेको ७१ दिन बिते पनि संक्रमण कम हुन सकेको छैन । हरेक दिन संक्रमितहरुको ग्राफ बढेको बढ्यै छ । लकडाउनका कारण अर्थतन्त्रमा नराम्रोसँग प्रभावित भएको छ । दैनिक ज्याला मजदुरी गरेर खानेहरुको दैनिकी लकडाउनसँगै दिनानुदिन गाह्रो हुँदै गएको छ ।
बैशाख लाग्दा नलाग्दै काठमाडौं सहरमा एउटा नीलो फूल फूल्न थाल्छ, ज्याकारन्डा । काठमाडौंका मुख्य केन्द्रहरु सिंहदरबार, रत्नपार्क, दरबार मार्ग र घन्टाघर क्षेत्रको सुन्दरतालाई यो फूलले झन् बढाइदिएको छ । पछिल्ला वर्षहरुमा मानिस र सवारी साधनको घुइँचो हुने यी क्षेत्र यसपालि लकडाउनका कारण खाली छन् । सहरको यो खालीपनालाई यो फूलले आफ्नो सुन्दरलताले भरिदिएजस्तो लाग्छ ।
लकडाउनको कुनै प्रवाह नगरी मंगलबार कोटेश्वर जडिबुटी क्षेत्रमा घर जानेको भीड जम्मा भएको छ । उनीहरु राजधानीबाट घर फर्कनका लागि मंगलबार साँझ कोटेश्वर जडिबुटि क्षेत्रमा जम्मा भएका थिए ।