चितवन — चितवनको बीस हजारी ताल बरन्डाभार जंगलमा अवस्थित छ । यो ताल विभिन्न राष्ट्रबाट बसाइ सरेर आउने मौसमी चराहरूको आश्रयस्थल पनि हो । त्यसैले यहाँ विभिन्न प्रजातिका पशुपन्छीको दैनिकी नजिकबाट नियाल्न सकिन्छ । धेरै प्रचारप्रसार नभएको यो ताल रामसार क्षेत्रमा सूचीकृत भएसँगै पर्यटकको नजरमा पनि पर्न थालेको छ ।
![Fascinating Bis Hazari Lake [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/20hajarilake01202025j2a3836-2112025014516-1000x0.jpg&w=1001&h=0)