पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक गतिविधि अघि बढाउन बानेश्वरमा खोलिन् सम्पर्क कार्यालय

तीन दशकअघि मदन भण्डारीले प्रयोग गरेको थापागाउँको घरमा भण्डारी समूहले सम्पर्क कार्यालय स्थापना गरेको छ।

भाद्र ५, २०८२

शब्द/तस्बिर : हेमन्त श्रेष्ठ

Former President Bhandari opened a liaison office in Baneshwar to promote political activities

What you should know

काठमाडौँ — एमालेको सक्रिय राजनीतिमा फर्किएको दाबी गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालयको उद्‍घाटन गरेकी छिन् । बिहीबार दिउँसो एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरूको उपस्थितिमा भण्डारीले कार्यालय उद्घाटन गरेकी हुन् । 

मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यक्रम भनिए पनि राजनीतिक गतिविधि अघि बढाउन भण्डारीले सम्पर्क कार्यालय उद्घाटन गरेकी हुन् । भण्डारी समूहले बानेश्वर हाइटस्थित थापागाउँमा चार तले भवन भाडामा लिएको छ । झन्डै ३ दशकअघि मदन भण्डारीले काठमाडौंमा चुनाव लड्दा सम्पर्क कार्यालय बनाएकै घरमा भण्डारी समूहले पनि कार्यालय खोल्न लागेको हो ।

Former President Bhandari opened a liaison office in Baneshwar to promote political activitiesतस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

‘०४८ सालमा मदन भण्डारीले काठमाडौंमा निर्वाचन लड्दा जुन घरलाई प्रचारप्रसारको सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्नुभएको थियो, त्यही घर अहिले भाडामा लिएर राजनीतिक गतिविधि गर्ने तयारी हुँदै छ,’ भण्डारीनिकट एक नेताले भने । उक्त घर फाउन्डेसनको आवरणमा लिइएको भए पनि अहिलेको परिस्थितिको सामना गर्नका लागि ‘जननेता मदन भण्डारी र जबज’ लाई कार्यकर्तासँग जोड्दै भावनात्मक सन्देश प्रवाह गर्न टेवा पुग्ने विश्वास लिइएको उनको भनाइ छ।

Former President Bhandari opened a liaison office in Baneshwar to promote political activitiesभण्डारी  मदन भण्डारी फाउन्डेसनकै प्रयोग गरेर राजनीतिक गतिविधि अघि बढ्ने योजनामा रहेकी छिन् । त्यसका लागि भण्डारीकै अगुवाइमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन भएको छ। त्यसैको माध्यमबाट आगामी राजनीतिक गतिविधि अघि बढाउने उनीहरूको योजना छ।

Former President Bhandari opened a liaison office in Baneshwar to promote political activities

Former President Bhandari opened a liaison office in Baneshwar to promote political activities

Former President Bhandari opened a liaison office in Baneshwar to promote political activities

Former President Bhandari opened a liaison office in Baneshwar to promote political activities

Former President Bhandari opened a liaison office in Baneshwar to promote political activities

शब्द/तस्बिर : हेमन्त श्रेष्ठ

Link copied successfully