परीक्षामा प्राप्त ग्रेडमाथि विद्यार्थीको अविश्वास, नतिजाको विश्वसनीयतामा अभिभावकको शंका, ग्रेडको वैधतामा रोजगारदाताको प्रश्न र ग्रेड सिटमाथि विश्वविद्यालयको संशयले परीक्षा प्रणालीमा मात्रै असर गर्दैन, सम्पूर्ण शिक्षा प्रणालीको आधार नै कमजोर बनाउँछ ।
अभिभावकहरू सिकाउनुपर्ने कुरा विद्यालयले नै सिकाइदेओस् भन्ने अपेक्षा राख्छन्, विद्यालयले अस्विकार्य क्रियाकलापमा विद्यार्थी संलग्न गराए भने पनि अभिभावक चुपै रहन्छन् किनकि विद्यालयले यस्ता क्रियाकलापलाई संस्कार र नैतिक शिक्षा सिकाइको लेप लगाएका हुन्छन् ।