शिव दिदीको ज्वाइँले मदिराका नाममा जीवन उत्सर्ग गरे । भन्न त यस अभिव्यक्तिलाई यसरी पनि भन्न सकिन्थ्यो, ‘शिव दिदीको ज्वाइँ जाँड धेरै खाएर मरे ।’ तर, यी दिवंगतप्रति म आभारी छु । त्यसैले उनका प्रति छुद्रताको गन्ध (करिब–करिब बिग्रेको जाँडको जस्तै) ठ्वास्स आउने भाषा अख्तियार गर्न मलाई अलिक असहज लाग्यो ।
‘फिराद वाङ्मय’ भन्ने कुनै चीज हुन सम्भव छ भने प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्महत्या टिपोटलाई ‘क्लासिक’ को दर्जा दिन सकिएला । संसद् भवनसम्मुख आत्मदाह गरेका प्रेमले आफ्नो फिरादपत्रमा सबैविरुद्ध नालिस दिएका छन् ।
१. यति दरिद्र पनि के हुनु ?एकदुई तोला लज्जा पनि नहोस् आफूसँग यति दरिद्र पनि के हुनु ?तीनचार मासा इमान पनि नहोस् आफूसँग यति दरिद्र पनि के हुनु ?पााच–छ लाल निश्छलता पनि नहोस् आफूसँग ... ... ...यति दरिद्र हुने छुट कसैलाई छैन ।
तिमीले मलाई दिएको पहिलो शिक्षा थियो— कदापि नघस्रिनू जिन्दगीमा बग्नू, कहिले मतापमा आफ्नै पिरतीलोकमा मग्न मायालुझैं बग्नू, कहिले गडगडाएर दुनियाँ फेर्न व्यग्र बागीझैं