शासकले जनताको खुट्टा बेचेर जुत्ता किन्नु गर्वको कुरा हो ? यो देश समृद्ध भएको मानक हो ? हरेक घरमा जुत्ता छन् तर ती जुत्ताभित्र खुट्टा छैनन् । ती धेरैजसो रित्तै छन्, खाली छन् ।
एउटा ठूलो प्वाँखविहीन मयूर पुक्क उठेको भुँडी हल्लाउँदै नाङ्गै क्याटवाक गर्दैछ, प्वाँख भएकाहरू पछाडि अँध्यारोमा कोरस भएर उभिएका छन् ।