विष्णुप्रसाद पौडेल

विष्णुप्रसाद पौडेलका लेखहरु :

लुम्बिनीको सामर्थ्य उपयोगमा चुक्यौं 

सामर्थ्यका हिसाबले लुम्बिनी प्रदेश असीमित सम्भावनाको क्षेत्र हो । आज हामीले जति देखेका छौं, देख्न सक्छौं, यसको सम्भावना त्योभन्दा निकै धेरै छ । नेपालको समग्र विकासको सन्दर्भमा लुम्बिनी प्रदेशले अग्रणी भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा यो प्रदेशको वास्तविकतालाई चिन्न सक्दा पुष्टि हुन्छ । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्त्वलाई चर्चा गर्दा हामी त्यो सच्चाइलाई महसुस गर्न सक्छौं । 

विगतको विकास, भविष्यको भरोसा

मानिसले ठूल्ठूला प्रगति हासिल गरेका छन् । अरू नयाँ प्रगति पनि हासिल गर्लान् । नयाँ–नयाँ सिर्जना गर्दै जान सक्लान् । तर अर्को लुम्बिनी बनाउन सक्दैनन् । त्यसैले लुम्बिनी पृथ्वीकै महत्त्वपूर्ण सम्पदा हो । यसबाट नेपालले लाभ लिन सक्नुपर्छ ।