प्रदेश र स्थानीय सरकारले भाषासम्बन्धी ऐन पारित गरिरहेको छ । तर, भाषासम्बन्धी संघीय ऐन बन्न सकेको छैन । भाषा नीति बनाउन ३० वर्षअघि नै पहल भएको थियो, तर संघीय सरकारसँग न भाषा ऐन छ, न भाषा नीति ! ‘संघीय भाषा ऐन’ ल्याउन प्रयासरत छ– भाषा आयोग ।
मध्याह्न १२ बजेको सूचना दिन काठमाडौंको सानो टुँडिखेलमा नेपाली सेनाले तोप पड्काउँथ्यो, तोपको आवाज आउनेबित्तिकै मानिस आ–आफ्नो घडीमा दम दिन थाल्थे, अहिले न तोप पड्काइन्छ, न घडीमा दम दिइन्छ महिलाले गलामा लगाउने तिकमाः हार, तायो–बायो अहिले हराएझैं छ, पछिल्लो समय हाकुपटासी बौरिएर आएको छ तर सिनापर्सि, छिनापर्सि साडी भने हराइसकेका छन्
भोज नेवाःको रगतमै छ । यद्यपि भोज चलाउन सक्ने हैसियत, वातावरण र परिस्थिति गुम्दै गइरहेको छ । अचेल नेवाःले चलाउने भोजमा केवल ‘भोज’ छ, ‘नेवाः’ छैन ।