काठमाडौंको मध्यभागमा अवस्थित छ– काष्ठमण्डप । काठमाडौंमा यो जत्तिको रहस्यमय वा अलौकिक किंवदन्तीले भरिएको स्मारक सायदै अर्को होला । न यो मन्दिर हो, न गुम्बा, न चैत्य, न पाटी । स्थानीय बोलिचालीमा सत्तलै (मरु सतः) भनिए पनि यसको नापनक्सा भने न सत्तलजस्तो छ, न यसको रूप नै ।
जहाँसुकै होस्, सामान्यतया बाटो खुलेपछि त्यसले अरू धेरैथोक खोलिदिन्छ । तर, बाटोले सबै विषय खुल्ने मात्र होइन, खुलिरहेका धेरै कुरा बन्द पनि गरिदिँदो रहेछ । सायद बाटो भन्नु नै यही हो । हामीलाई बाटोको राजनीति राम्रै थाहा छ, बाटोको अर्थनीति पनि बुझेका छौँ । सायद बाटोको संस्कृतिचाहिँ बिर्सेका छौँ ।
काठमाडौंको नेवाः समाजमा प्रचलित एउटा पुरानो लोकगीत छ– ‘राजमति कुमति’ । यस गीतमा चित्रित नायिका राजमतिमाथि काफी विमर्श भइसक्यो । उनको कथामा फिल्मसमेत बनिसकेको छ । काठमाडौंकै नेवाः समाजमा प्रचलित अर्को पनि एउटा लोकगीत छ– ‘व छु गल्लि, थ्व छु गल्लि’ ।
एकपटक राजा प्रताप मल्ल हनुमानढोकाभित्र बनाउन लागिएको पोखरीका लागि पानी खोज्दै हिँडेका रहेछन् । खोज्दाखोज्दै उनले रानीबारीतिर एउटा मुहान भेट्टाए । र, त्यहीँबाट नहर खनेर हनुमानढोकासम्म पानी ल्याउने योजना बनाए । त्यस योजनामा काम गर्दा उनी लामै समय रानीवन बस्नुपर्ने भएछ । त्यही बेला इन्द्रजात्रा पनि आइहाल्यो । जात्राका बेला आफू दरबार नभए पनि प्रताप मल्लले जात्रा मनाए, रानीवनमै बसेर (डानियल राइट, हिस्ट्री अफ नेपाल, सन् १८७७) ।
यो स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा निकै बोलिएको–सुनिएको शब्द हो– कोर–सिटी । मतगणनाको सुरुवात जुन लयमा अघि बढिरहेको थियो, ‘कोर सिटी’ मा पुगेपछि त्यो खलबलिनेछ भन्ने थुप्रैको अनुमानपश्चात् सोधखोज हुन थालेको थियो– आखिर यो ‘कोर सिटी’ के हो ?
स्थानीय चुनाव आँगनमै आइपुगिसक्यो । काठमाडौंको आकाश उति खुलिसकेको छैन, चुनावका उम्मेदवारहरूचाहिँ खुलिसकेका छन् । उम्मेदवारले आफ्ना एजेन्डा पनि करिब–करिब पूरै शो गरिसकेका छन् । एजेन्डामा लेखिएका बुँदा पुरानै छन्– धूवाँ, धूलो, फोहोर, सडक, पेटी आदि–आदि । तर, काठमाडौं आफ्नो मुटुमा यति मात्रै विकृति बोकेर बाँचिरहेको छैन । धूवाँ, धूलो र फोहोरबाट मुक्त हुनेबित्तिकै काठमाडौं बाँच्छ भनेर कसैले सोच्छ उसलाई भन्नुपर्छ– तिमीले आजसम्म न काठमाडौंलाई बुझेका छौ, न काठमाडौंको रोग चिनेका छौ । काठमाडौंको विरासत थाम्नु आकाश थाम्नुजस्तो होइन ।
नेकपा माओवादीद्वारा सञ्चालित दस वर्ष लामो सशस्त्र द्वन्द्वलाई शान्तिको मार्गमा ल्याउन पद्मरत्न तुलाधरले एक सहजकर्ताका रूपमा खेलेको गहन भूमिका अब सबैका सामु प्रस्ट भइसकेको छ । यो इतिहासमा पनि अंकित भइसकेको एउटा महत्त्वपूर्ण तथ्य हो । तर उनले यस्तो जटिल भूमिकालाई पनि सहजतापूर्वक सम्पन्न गर्न सक्नुको पृष्ठभूमिबारे चर्चा गर्नु सान्दर्भिक नै होला ।
सय वर्ष पुराना स्मारक पुरातात्त्विक सम्पदामा दर्ज हुने इतिहासको सिद्धान्तलाई मान्ने हो भने असन केवल वस्तु विनिमय गरिने बजार होइन, एक पुरातात्त्विक सम्पदा पनि हो । बजार आफैं सम्पदामा रूपान्तरित भइसकेको कुनै थलो नेपालमा छ भने त्यो असन हो । असन अहिले पसल, डबली, मन्दिर, पाटी, सत्तलमा बसेर केवल बजार चलाइरहेको छैन, काठमाडौं उपत्यकाको शताब्दियौं पुरानो आर्थिक–सामाजिक इतिहासको कथा पनि बताइरहेको छ । एकफेर असनमा बेच्न राखिएका सामान होइन, ती सामान बेच्ने असनको इतिहासतिर फर्किहेरौं ।
कवितामा अरू जम्मै छुटे पनि कविताचाहिँ छुट्नु हुन्न’, कवि पूर्ण वैद्य बरोबर भनिरहन्थे । जतिबेला पूर्ण वैद्यले नेपालभाषामा कविताको गद्यलेखन सुरु गरे त्यतिबेला यो भाषामा भएभरका कविहरूको लेखन पद्यमा हुने गर्थ्यो । छन्द, मात्रा, अनुप्रास, अन्त्यानुप्रास यी सबै जोडजाड पारेपछि मात्रै कविता बन्छ भन्ने कठोर धारणा त्यतिबेला थियो । तर, पूर्ण वैद्य प्रश्न गर्थे, ‘छन्द, मात्रा, अनुप्रास जम्मै जोडेर जुन शब्दहरूको थुप्रो बन्छ, त्यसमा यदि कविता नै जोड्न बिर्सिएछ भने त्यसलाई कविता कसरी भन्ने ?’ उनको भनाइ थियो— कवितामा बरु छन्द नभए पनि केही छैन, मात्रा नभए पनि केही छैन, कविताचाहिँ हुनुपर्छ । कवितामा अरू जम्मै छुटे पनि कविताचाहिँ छुट्नु हुन्न ।