गिरिजाप्रसाद कोइराला लोकतन्त्रप्रति अटल विश्वास भएका नेता थिए । प्रजातन्त्रका लागि उनले जीवनमा कहिल्यै कसैसाग सम्झौता गरेनन् । उनको कार्यकालमा जेजति गल्ती र कमजोरी भए– त्यसको मुख्य कारण उनको सत्ताकेन्द्रित राजनीति थियो ।
सिंहदरबार कब्जा भएको रात मन्त्री गणेशमान सिंह र नेता टंकप्रसाद आचार्यलाई सुइँकोसम्म थिएन, विद्रोही सेनाले दुवैलाई बिहान उज्यालो नहुँदै पक्राउ गरी सिंहदरबार पुर्याए र आफ्ना मागबारे राजासाग वार्ता गर्न आग्रह गरे
इतिहासको घुम्तीलाई नजिकबाट नियाल्दा र त्यति बेलाको शक्तिसंघर्ष बुझ्दा महेन्द्रले संवैधानिक राजाका रूपमा बस्न स्वीकार गरेको भए, नेपाल धेरै अघि बढ्न सक्थ्यो, गणतन्त्र आउँदैनथ्यो