अजय रिसाल

अजय रिसालका लेखहरु :

मानसिक स्वास्थ्य सार्वभौम मानव अधिकार

मानसिक सन्तुलन ठीक नभएमा या खलबलिएमा या गुमाएमा या बिग्रिएमा...,’ ‘बहुलाएमा या पागल भएमा...,’ ‘दिमाग ठेगानमा नभएमा...’ लगायतका पदावली अझै पनि हाम्रा ऐनकानुनमा भेटिन्छन् ।

मनका डाक्टरलाई अवश्य भेटौं

मनको डाक्टर’ भइएको पनि चौध वर्ष लागिसकेछ । मान्छेका मनका कुरा सुन्ने–सुनाउने, बुझ्ने–बुझाउने अध्ययन–तालिम (एमडी) का लागि खर्चिइएको तीन वर्ष अनि पूर्वतयारीको समयसमेत जोड्दा त झन्डै दुई दशकको लगानी परिसकेको छ, यस क्षेत्रमा । त्यस क्रममा थुप्रै मनका कथा पढें–सुनें–देखें–भोगें । केही वियोगान्तक कथाहरूको साक्षी बनें । केहीलाई भने संयोगान्तक रूपमा पूर्णविराम लगाउन सफल नै भएँ ।

कहिले बढ्ला स्वास्थ्यकर्मीहरूको दरबन्दी ?

विश्व स्वास्थ्य संगठनको ‘सबैका लागि स्वास्थ्य’ नारा सुनिएको धेरै भइसक्यो । गणतन्त्र नेपालको संविधानले स्वास्थ्यलाई ‘मौलिक हक’ नै मानिसकेको छ । ‘शारीरिक, मानसिक, सामाजिक अनि आध्यात्मिक’ गरी चार महत्त्वपूर्ण अवयवसहित ‘स्वास्थ्य’ लाई परिभाषित गरिएको छ ।

बुद्ध–ज्ञानभित्रको मनोचिकित्सा विज्ञान

'म तिम्रो मरेको छोरालाई बचाइदिन त सक्छु तर तिमीले मलाई अहिलेसम्म कुनै मान्छे नमरेको घरबाट चारवटा तोरीको गेडा ल्याइदिनुपर्छ ।' पाँचवर्षे छोराको मृत्युका कारण भावविह्वल भएकी कुशा गौतमीलाई यसो भनेर बुद्धले पठाइदिएका थिए । तिनी खुसी अनि उत्साहित भएर अतालिँदै विभिन्न घरमा पुग्दा तोरीको गेडा दिन तयार नभएका त कोही पनि थिएनन्, तर बुद्धको सर्त मुताबिक ‘कुनै मान्छे नमरेको’ घर भने कतै पाइनन् । अन्ततः बुद्धकै शरण पर्न आइन् तिनी ।

निराशा बढ्दै गए मनोचिकित्सक भेटौं

लगभग दुई हप्ताअघि देशको संघीय राजधानीमा, विधायिकी भवनअगाडि नै बीच सडकमा एउटा हृदयविदारक घटना भयो । त्यस घटनाको परकम्पले मुलुक अझै पनि त्रस्त छ । ‘एउटा होनहार युवाले खुला सडकमा आफैंलाई आगो लगाएर आफ्नो हत्या गर्ने प्रयास गर्नु, अझ सफलै पनि बन्नु’ आजको सभ्य कहलिएको समाजमा लाजमर्दो विषय नै हो ।

डिप्रेसन रोगै हो

गत महिना एक आशालाग्दा पत्रकार/लेखकले असामयिक मृत्यु रोजे, ‘आत्महत्या’ जस्तो कहालीलाग्दो बाटो खोजे । उनलाई कतिपयले कायरको संज्ञा दिए । तर आत्महत्या मनोरोगको गम्भीर चरण हो । मनोपरामर्श अनि मनोचिकित्सकीय उपचारबाटै यसलाई निदान अनि नियन्त्रण गर्न सकिन्छ । त्यसैले मानसिक समस्याका लक्षणहरू लुकाउनु हुन्न । मनोरोगको उपचार गर्न लजाउनु हुन्न ।

सजाय, अनुशासन र बालमनोविज्ञान

शिक्षकले पिट्दा विद्यार्थीको कानको जाली फुट्यो, आँखाको ज्योति गुम्यो, हात भाँच्चियो, खुट्टा मर्कियो, शरीरभरि नीलडाम’ भनेर समाचार आइरहन्छन् । त्यस्तै ‘शिक्षिकाले मन नपराएको’, ‘बाबाले गाली गरेको’ जस्ता सामान्य कारण देखाएर नानीबाबुले ‘आत्महत्या’ गरेका खबर पनि आउँछन् । यस्ता समाचारले बेलाबेलामा मलाई झक्झकाउँछ ।

स्वास्थ्य बिमा : घाँटीमा अड्किएको हड्डी

‘डक्टर साब ! यी औषधिहरू मैले ...अस्पतालबाट... डाक्टरहरूले लेखिदिएर खाने गरेको हुँ । अब त यहाँ बिमाबाट (सित्तैमा) औषधि पाइने भैहाल्यो । यही औषधिहरूले मलाई ठीक पनि भइरहेको छ । हजुरले यो बिमा कागजमा यसो सारिदिएर ‘साइन’ गरिदिए मात्र पुग्छ । म त यही औषधि लेखाउनका लागि नै यहाँसम्म आएको...’

ज्येष्ठ नागरिकका लागि योग

संस्कृतको ‘युज्’ धातुबाट व्युत्पत्ति भएको ‘योग’ शब्दले ‘जोड्नु’, ‘मिलाउनु’ या ‘संयोजन गर्नु’ भन्ने अर्थ दिन्छ । इसापूर्व २७०० वर्षभन्दा अघिको भनिए पनि सदियौं पुरानो हाम्रो पूर्वीय सनातन धर्म संस्कृतिको अभिन्न अंग हो- योग । सनातन परम्परामा एक व्यक्तिको ब्रह्माण्डीय चेतनासितको अथवा जड अवस्थामा रहेको प्रकृतिको चैतन्य पुरुषसँगको या शरीर, मन एवं आत्माबीचको संयोजनकारी विधिका रूपमा योगलाई मानिने गरिन्छ ।

नेपाल यसैले ‘खुसी’ छ !

अब त ढुक्क भयो ! भोलि सजिलै अफिस जान पाइने भैयो !’ घर छिर्दाछिर्दै प्रफुल्लित मुद्रामा उनले सुनाइन् । पेट्रोल व्यवसायी/ढुवानीकर्ताहरूको कमिसनका लागि चलाइएको चक्कर अनि आयल निगमको अकर्मण्यताका कारण केही समयअघि पेट्रोलियम पदार्थको कृत्रिम हाहाकारको समयमा आफ्नो स्कुटरमा चार लिटर इन्धन हाल्न पाएकामा खुसी देखिन्थिन् मेरी श्रीमती । हामीलाई ‘खुसी’ हुन धेरै केही चाहिँदै चाहिँदैन !