हामीले युगौंदेखि सुनिआएको भाइटीकासँग जोडिएको यम र यमुनाको कथा खोज्दै जाँदा ऋग्वेदसम्म पुगिन्छ । ऋग्वेदमा लेखिएको जुम्ल्याहा दाजु–बहिनीको संवादले वैदिककालमा निर्धारण गरिएका सामाजिक मान्यता, व्यवस्था र पारिवारिक मूल्यमाथि विमर्श गर्छ ।
इलाले आफ्नो पास्नीमा आमा कृष्णकुमारीको हातबाट सुनको बाला वा चाँदीको कल्ली होइन, नेपाली वीर नारीका बारेमा लेखिएको उपन्यास ‘भृकुटी’को कपीराइट उपहार पाएकी थिइन् ।