भारतको उत्तराखण्डको जोशीमठ नगर प्राचीन, आध्यात्मिक र सामरिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । पछिल्लो समय पैदलयात्रा र हिमाली पर्यटनका लागि पनि यो प्रख्यात बन्दै गएको छ । प्रशस्त होटल तथा रिसोर्टहरू खुलिरहेका छन् ।
भौतिक विकासको लालसामा औद्योगिक राष्ट्रहरूले प्राकृतिक नियमलाई नै खलबलाइदिएका छन् । परिणामतः जलवायु परिवर्तन एउटा डरलाग्दो त्रासदी बनिरहेको छ, सबैले महसुस गर्न मिल्ने गरी ।