सोनी बराल गौली

सोनी बराल गौलीका लेखहरु :

बाँदरको कैरन, हेरालोलाई हैरान

विश्वभर बाँदरका २ सय प्रजाति छन् । तीमध्ये नेपालमा तीन प्रजाति पाइन्छन् । लङ्गुर, रेसस र आसमी । बाँदरहरू जङ्गलमा बस्छन् । देवालयमा पनि यिनीहरू प्रशस्तै भेटिन्छन् । लङ्गुर जङ्गलमा तथा आवादी जग्गामा पाइन्छ । रेसस जङ्गलमा र सहरी बसोबास क्षेत्रमा । दसदेखि एक सयको समूहमा । यो खेतीबालीमा असर गर्ने प्रजाति हो ।