१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

शान्ति प्रियवन्दना

शान्ति प्रियवन्दनाका लेखहरु :

म भेटिएको सूचना

मछोरी मैले माइतीको इज्जत धान्नुपर्छम बुहारी मैले अदबमा बस्नुपर्छ म पत्नी पतिको सफलताका पछाडि मेरो हात हुनुपर्छ म आमा मैले सन्तानलाई असल संस्कार दिन सक्नुपर्छ

विज्ञानमा महिला

केहीअघि विज्ञानमा महिलाको पहुँचसम्बन्धी दिवस मनाइयो । महिला र बालबालिकाले पनि विज्ञान र प्रविधिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्, तसर्थ यी क्षेत्रमा उनीहरूको सहभागितालाई बलियो बनाउनुपर्छ भन्ने मान्यता स्थापित गर्न केही वर्षदेखि यो दिवस मनाइँदै आइएको छ । महिलाको समान पहुँचलाई सुनिश्चित गर्न तथा अवसरका ढोका खोलिदिन पनि यस्तो दिवसको महत्त्व हुन्छ । तर, दिवस मनाएर मात्र हुन्न, त्यसका मान्यताप्रति पनि हामी प्रतिबद्ध हुनुपर्छ । 

घरभित्रै असुरक्षित छोरी !

अघिल्लो महिना कठ्याङ्ग्रिँदो जाडोको परबाह नगरी काठमाडौंको माइतीघर मण्डलामा नेपालगन्जदेखि आएका महिलाहरू न्यायका लागि धर्ना दिइरहेका थिए । नेपालगन्जका नन्कुन्नी धोबीको हत्या तथा निर्मला कुर्मी बेपत्ता भएको घटनाको चित्तबुझ्दो छानबिन हुनुपर्ने उनीहरूको माग थियो ।