प्रकाश सपुत

प्रकाश सपुतका लेखहरु :

भनिदिनुस्, मैले अब कस्तो गीत गाउने ?

मेरा यसअघिका गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’ को सिक्वयलकै रूपमा ‘दमाई महाराज’ रिलिज गरेँ । रचनात्मक हिसाबले अतिरञ्जनाबिनै सिर्जना गरिएको थियो– ‘गलबन्दी’ र ‘बोलमाया’ । ती दुई सिर्जनामा मैले बाँचेकै परिवेश चित्रित छ । ‘गलबन्दी’ मा गाउँको यथार्थ कथा छ– दिनैभरि घाँस–दाउरा, कुटो–कोदालो गर्ने मान्छेका कथा, साँझ सबै गाउँले एकै ठाउँ भेट भएर रोदी गाउने मान्छेका कथा । त्यो एउटा संस्कृति बनेको छ हाम्रा गाउँतिर ।

दुःखी छु– मान्छेहरू मेरो चेतनामाथि नै प्रश्न गरिरहेका छन्

कुनै ‘ठूलै’ वा ‘भव्य’ उद्देश्य राखेर गीत ल्याइँदैन । त्यस्तो हुँदैन पनि । म एक व्यावसायिक सर्जक हुँ, एक व्यावसायिक कलाकार । बेला–बेला गीत सार्वजनिक गर्नु, दर्शक–श्रोतासँग आफूलाई अपडेट राख्नु मेरो काम–कर्तव्य हो ।

हामी जे हौं, त्यसमा रमाउन सकौं, जे हौं, त्यो देखिन सकौं  

मैले भोगेको तीन दशकमा नेपाली समाजले राजनीतिक, सामाजिक रूपमा ठूलो फड्को मार्‍यो । मैले गाउँमा पञ्चायत, मुखियाहरू बसेर मानाचामल गरेर छलफल गरेको देखें । कमरेडहरू झोलामा रातो पुस्तक बोकी हाम्रो घरको छेउमा बसेर देश विकास परिवर्तनका खासखुस छलफल गरेको पनि देखें । सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज भोगेको छु । संवादका प्रत्येक शैलीसँग साक्षी हुँदै आएको छु । ‘पीर...’ गीत आएपछि यसबारे फरकफरक ढंगले राम्रो लेख लेखेको देख्दा मक्ख पर्ने र गाली आउँदा निराश पनि भएको छु ।  

बालिकाको शिक्षा सुनिश्चित गरौं

आज अन्तर्राष्ट्रिय बालिका दिवस । यो दिवस विश्वका अरु मुलुकमा जस्तै नेपालमा पनि मनाइन्छ । तर यो दिवस मनाउने क्रममा हामीले बालिकाहरूको शिक्षामा पहुँचको लागि के गरिरहेका छौं यो बुझ्न जरुरी छ । विशेषगरी कोभिड–१९ महामारीले निम्त्याएको चुनौतीहरूलाई कसरी सामना गर्दै बालिकाहरूको शिक्षामा पहुँच बढाउने हो यो बुझ्न जरुरी छ । म पेशाले गायक हुँ र आज मलाई यो अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा केही कुरा राख्न मन लागेको छ ।