जेन–जी संकटको युगमा हुर्किएको पुस्ता हो । जलवायु परिवर्तनको समाचारले उनीहरूलाई डर देखायो, महामारीले उनीहरूको पढाइ र सपना अस्तव्यस्त बनायो, युद्धका दृश्यले उनीहरूको हृदयलाई कठोर बनायो र आर्थिक अनिश्चितताले घरभित्रका कुराकानीलाई तिक्त बनायो ।
आजको संकट युवाको व्यवहारमा छैन । यो नेतृत्वको दर्शनमा आएको संकट हो ।